हजुरबुबाले पहरोमा घुँडा ठोकेर जानु भो
कठै समृद्धि नआउँदै जिब्रो टोकेर जानु भो
पञ्चवर्षे मेलाको आलोपालो उही चुनावमा
मरेको मान्छेले पनि मतपत्र बोकेर जानु भो
नवीन क्रान्तिका वरिपरि सामन्ती पहरेदार
अपरिहार्य ती पाठ्यपुस्तक रोकेर जानु भो
विकास मदिराको प्यालामा बाँडीचुँडी गरेर
योजनालाई सुलुक्क नेतृत्वले धोकेर जानु भो
अचम्मित भएका छन् यहाँ कृषिकर्म गर्नेहरू
खेतबारी नदेख्नेले कृषि ज्ञान खोकेर जानु भो
~~~~~~
गजुरी, धादिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ कार्तिक २०८२, सोमबार 









