जब मानव शान्त रहन सक्दैन

कसैको ईर्ष्या, मोहमा जल्न पुग्दछ

ऊ कसै गरी पनि उजेलिन सक्दैन

छट्पटीले पिरोल्नु दिनचर्या बन्दछ

 

आफूले आफूलाई लज्जित तुच्छ सिवाय

क्रोधले जलन मानव आनन्द लिन जान्दैन

विपरीत विध्वंस र बर्बादी अतिरिक्त

सोच शक्ति क्रियाशील हुन सक्दैन

 

आकस्मिक झिना–मसिना अभिलाषा बोकेर

स्वर्गीय आनन्दको परिकल्पनामा डुबेर

अनेकन नाशक तत्त्वहरूमा रुमलिन पुग्छन्

 

आफूमा खुशी रहन सक्नु पनि

जीवनयापनका सन्तुष्टिको पुष्टि हो नि

छलकपट मानव जीवनका अपभ्रंश यथार्थतः

जसले अस्थिर, आतङ्कित बनाउनुसिवाय

भ्रमित हुनु आफू उजेलिनुको साबिती हो

 

जता गयो उतै खुशी, आनन्द लिनु

माया मोह, त्याग, तपस्या पनि

सांसारिक आनन्दका मार्ग बन्दै

सुख बोध गर्न सक्नु आफ्नै बाटो

 

पल पलको तड्पाई, तृष्णा, वितृष्णा

जस्ता काल खण्डका भोगाइमा

समर्पित मानव चोलाका स्थिति

जो कोही भुक्तभोगी हुन सक्दैनन् ।

 

काठमाडौं