यो सहरमा
हात नभएकाहरू छन्
हात भएर पनि हालत बिग्रेकाहरू छन्
खुट्टा नभएकाहरू छन्
खुट्टा भएर पनि खुराक नभएकाहरू छन्
आँखा नभएकाहरू छन्
आँखा भएर पनि आमा नदेखेकाहरू छन्
बोली नभएकाहरू छन्
बोली भएर पनि बोल्न नसक्नेहरू छन्
धमनी र शिरा नभएकाहरू छन्
धमनी र शिरा भएर पनि रक्त सञ्चार नहुनेहरू छन्
मस्तिष्क नभएकाहरू छन्
मस्तिष्क भएर पनि विचार नभएकाहरू छन्
भावना नभएकाहरू छन्
भावना भएर पनि मानवता नभएकाहरू छन्
दाँत नभएकाहरू छन्
दाँत भएर पनि चपाउन नसक्नेहरू छन्
ओठ नभएकाहरू छन्
ओठ भएर पनि कहिल्यै चुम्बन नगर्नेहरू छन्
नाक नभएकाहरू छन्
नाक भएर पनि सुगन्ध-दुर्गन्ध थाहा नपाउनेहरू छन्
जिब्रो नभएकाहरू छन्
जिब्रो भएर पनि कहिल्यै स्वाद थाहा नपाउनेहरू छन्
यो मानवताको रङ खुइलिएको सहर हो
यहाँका हरेक मान्छेहरू एक न एक दु:खको रङले पोतिएका छन् ।
आदर्श -०३, डोटी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला