उँभो लेकको चिसो हावा उँधो बेसी तान्छ
सम्झिँदैमा दिक्क लाग्छ जाडो कहिले जान्छ ?
जाडो छल्न नयाँ लुगा किनूँ भने पनि
भन्नु हुन्छ बाबा सधैँ छैनौँ हामी धनी
परार लाको स्विटरले कहिलेसम्म धान्छ
जाडाले जिउ कामिसक्यो लौ न कहिले जान्छ ?
कोही भने स्विटरमाथि ज्याकेट लगाई खाप्ने
हाम्रा लागि न्यानो त्यही हो आगो सल्काई ताप्ने
जाडो खाने बोको छ रे कहिले आउँछ, खान्छ ?
मङ्सिरैमा अत्यार लाग्यो जाडो कहिले जान्छ ?
——–
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला