म बग्ने खोला हुँ

हिमालदेखि समतलसम्म म मेरो भाकामा बग्छु
आफ्नै तालमा रमाउँछु
बगिरहन्छु म आफ्नै दवाब र रवाफमा
सङ्लो तरल भएर

तिमी त पोखरी रहेछौ
जमेर स्थिर बसिरहने
लेउ र झरेको रुखका पातले मैला भैरहने
जसरी
तिम्रो मौनता पनि त्यो जमेको कसिंगर लाग्छ मलाई हिजोआज

पोखरी पनि सबै नराम्रा र मैला हुँदैनन्
फेरि पोखरी पूजा र आस्थाको प्रतीक पनि छन्
मनोरन्जन अनि अनुसन्धानका विषय पनि बनेका छन्
मैले नबुझेको यति हो !
कुन पोखरी हौ तिमी ?

दार्जिलिङ