चाड छ
पहाड छ
ऋण गरेर भए’नि
सबका मुख माड छ
रङ्ग छ
उमङ्ग छ
दीपहरूको लालीमा
फूल पनि दङ्ग छ
हर्ष छ
सङ्घर्ष छ
लक्ष्मीजीका पाइलामा
जूनेलीकै वर्षा छ
दीप छ
सन्दीप छ
देउसेभैली रातमा
सयपत्री सीप छ
प्यार छ
तिहार छ
चेलीमाइती प्रेमको
मखमली हार छ ।
भर्जिनिया, अमेरिका ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला