आगो बल्यो
कसैको घर जल्यो
कसैको पसल जल्यो
कसैको कारखाना जल्यो
कसैको खाना जल्यो
जल्यो कसैको सपना

मसानघाटमा आगो बल्यो
आगोले चिता जलायो
चितामाथि
कसैको पिता जले
कसैको माता जले
जले सबै जना जो मृत थिए

आगोले सबैलाई जलायो
तर
जलएन जिउँदाहरूको
घमण्ड
अहंकार
गरिबी

दरिद्रता ।

निकेश शर्मा
बेनी २, बगरफाँट
म्याग्दी