मूल कवयित्री: डोरोथी पार्कर (Dorothy Parker – America)

एकदमै सानो
सानो कोठा
कम्ती फलको अत्तर, मसिनो सुगन्धको टुक्रा

आहा जवान हुनु भनेको त
तीतो मिठो स्वादिलो पाउनु हो
जब सबै विचारहरू
धुलो मिश्रित हुन्छन्

अनि जवान बस्नु भनेको त
आहा
अलिकति काँचो कचिलो
तीतो मिठो हुनु हो

न हात
न छाती
न त आँखामा
सबै विचारहरू
धुलोसरह फुङ्ग उडिजान्छन्

तर सैतानी खित्काहरू
एक एक
पोका पारेर
फोका फोकामा जमेका
खस्रो झारसँग मारिन्छ

छानामा खसेको
हिउँको शब्द छैन

सानो प्वालको झ्यालबाट
उज्यालो देखिन्न

निरङ्कुश शोकाकुल सानो आवाज
सुन्न सक्ने
त हावा र पिशाच नै हो

मृतकहरू धेरै टाढा हुन्न
चिसा ताराहरू
चाँडै वृद्ध निमुखा हुन्छन्
तर
मेरा ताराहरू
सबै चम्किलो कलिलो छन्
अनि
मेरो आँखा र आत्मा पनि

धेरै वर्ष बित्यो
अहिले र पहिले
तिमीले गुमाएकालाई सोच

मेरोमा उत्तर छ
म भने
रूमानियाँकी रानी हुँ ।

अनुवादक: विपिन तिवारी
सिक्किम, भारत