कविको धर्म
बुद्धिको शिखरमा
ऋषि वचन !
जीवनको जटिलतामा
कल्पना र आत्मज्ञानको अन्वेषण
कविताको भावमा
हृदय छुने रहस्य उद्घाटन
चेतना हलचल गर्ने शब्दमा
सत्यको खोजी र ज्ञानको प्रचार
कवि र कविताको सदाचार
जन्म मृत्यु जीवन चक्रमा
आशक्तिको बन्धन
महत्त्वाकाङ्क्षाको अड्चन
पीडाको मूल
तृष्णाको आगो
अज्ञात शत्रु
एउटा चक्रमा बाँधिएको छ
समाजको ऐनामा समय
पीडाको चोपले टाँसिएको छ
पीडाको अन्त्य
सुखको बाटो
कविताको लयमा
कालातीत उपहार
मनको उत्थान
जीवनको भुलभुलैयामा
प्रेरणादायक व्यञ्जन
सही छनौटको मार्गदर्शन
शब्दको नृत्य
चुम्छ नयाँ उचाइ
कविको धर्म !
∞
महाङ्काल–४, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला