रामेले भाषण ठोक्यो चोक चोकमा–
देशमा बेथिति बढ्यो
देशमा गरिबी बढ्यो
देशमा अशान्ति भयो
सरकार नालायक भयो ।
होमा हो गर्दै
विशाल भीड रामेको पछाडि जम्मा भयो
रामेलाई सत्तामा पु¥यायो
वर्षौ वर्ष रामेलाई पर्खेर हे¥यो
न बेथिति घट्यो
न गरिबी घट्यो
न अशान्ति घट्यो
न सरकारको नालायकी घट्यो
विशाल भीड आफ्नै चिसो चुलोमा फक्र्यो
उसै गरी
श्यामेले भाषण ठोक्यो चोक चोकमा–
देशमा बेथिति बढ्यो
देशमा गरिबी बढ्यो
देशमा अशान्ति भयो
सरकार नालायक भयो ।
होमा हो गर्दै
विशाल भीड श्यामेको पछाडि जम्मा भयो
श्यामेलाई सत्तामा पु-यायो
वर्षौ वर्ष श्यामेलाई पर्खेर हे-यो
न बेथिति घट्यो
न गरिबी घट्यो
न अशान्ति घट्यो
न सरकारको नालायकी घट्यो
विशाल भीड आफ्नै चिसो चुलोमा फक्र्यो
उसै गरी
हरि आएर भाषण ठोक्यो चोक चोकमा–
देशमा बेथिति बढ्यो
देशमा गरिबी बढ्यो
देशमा अशान्ति भयो
सरकार नालायक भयो ।
होमा हो गर्दै
विशाल भीड हरिको पछाडि जम्मा भयो
हरिलाई सत्तामा पु¥यायो
वर्षौ वर्ष हरिलाई पर्खेर हे¥यो
न बेथिति घट्यो
न गरिबी घट्यो
न अशान्ति घट्यो
न सरकारको नालायकी घट्यो
विशाल भीड आफ्नै चिसो चुलोमा फक्र्यो
चोकमा भाषण गर्ने मान्छे फेरिए
फेरिए सत्तामा पुग्ने मान्छे पनि
तर
कहिल्यै फेरिएन सत्तामा पु¥याउनेको अवस्था
कसैले दुख देखिदेला
कसैले अवस्था फेरिदेला
यौवन बित्यो
उमेर ढल्यो
अब त कालले पनि पच्छ्याउन थाल्यो
गर्दै आसको खेती
नफेरिने रैछ आफ्नै जीवन पनि
नफेरिने रैछ आफ्नै जगत् पनि
आफ्नै चेतनाको बिर्को नखोली सबैले
अभ्यास नगरी आफ्नै जैविक यन्त्रमा सबैले
हो हजूर
अब त आफ्नै होसमा पनि उज्यालो पस्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।