रमाएर छम्छमी पञ्चे बाजामा

मन फुकाई मजाले नाच्छु आज म

 

सनईको भाकामा गीत झिक्ने हो

झुर्ना पिट्ने कसरी म नि सिक्ने हो

भोक लाग्दा खाने हो जन्ती खाजा म

ढोलकीको तालमा नाच्छु आज म

 

दुलै रानी देखेर दुल्हा लजाउँछन्

अन्माउने बेलामा बाजा बजाउँछन्

बेहुलीलाई भित्र्याउँछन् झम्के साँझमा

यही खुसीमा फनक्क नाच्छु आज म ।

—————

मध्यनेपाल नगरपालिका-६

भोर्लेटार, लमजुङ