रैथाने भन्दा
अलि ठुलो
भुक्क फुलेको
जरा र माटो
भुसुक्कै भुलेको
खाल्डे मल हैन
देशीमल चुसेको
विदेशबाट
नेपालमा घुसेको

खाँदा मधुमेह
नखाँदा भोक
योसँग नि मिल्ने
त्योसँग पनि मिल्ने
यसरी नि मिठो
त्यसरी झनै मिठो
न तिख्खर न खल्लो
विषै-विषको डल्लो
लेकमा नि फल्ने
बेसीमा पनि फल्ने
पूर्वमा पनि चल्ने
पश्चिममा झनै चल्ने
अति चालू
विकासे आलु ।