सबैले छुट्टिएको देख्ने
बगरको कथा स्वयम्
बगरलाई मात्र थाहा छ
कथित प्रेमिल कविहरूले
बगर र किनारलाई
फगत विछोडको बिम्ब मानिरहे
यहाँ खोलालाई एक बनाउनकै निम्ति
छुट्टिएको बगर
समुद्रसम्मै छुट्टिरह्यो
अक्सर यहाँ
मिलाउनेहरू स्वयम्
टुक्रिएका हुन्छन्
हो, त्यसरी नै आफू छुट्टिएर
नदीलाई एक बनाउने बगरको कथा
बगरमै पनि लेखिएन
अहँ !! कतै लेखिएन।