देख्दैन कोही
कमजोरीको पाटो
घमण्डीहरू ।१।
हुरी चल्दैमा
तलमाथि नभइ
हल्लन्छ किन ?२।
गुरु र शिष्य
शस्त्रास्त्र प्रदर्शन
परीक्षा हुँदै ।३।
भन्न भएन
हो त आफ्नै उपज
निक्ल्यो ठिमाहा ।४।
मार्सी चामल
अपच भएपछि
डुङ्ग गनायो ।५।
पैयुँको बोट
फुलेन सुनाखरी
सल्क्यो ऐँजेरु ।६।
फटाहा छान्दै
कठालो समाउँदै
दिउँ दनक ।७।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला