आन्दोलन गर्नु मात्र क्रान्ति होइन
नयाँ सिद्धान्त प्रतिपादन गर्नु मात्र पनि क्रान्ति होइन
क्रान्तिको लागि निरन्तर अगाडि बढ्नु, बढाउनु पनि अर्को क्रान्ति हो
क्रान्तिको लागि क्रान्तिकारी जन्माउनु फनि क्रान्ति हो
अबको क्रान्ति भ्रूणबाट पनि शुरु हुन्छ
क्रान्ति अब गर्भबाट पनि शुरु हुन्छ
गर्भका बालकहरूलाई
बम, बारुद, गोला मात्र होइन
क्षेप्यास्त्र, रकेटको आवाज पनि सुनाउनु पर्छ
यी हतियार कसरी बन्छ
गर्भमा रहेकाहरूलाई पनि सुनाउनु पर्छ
यी कहानीहरू सुनाउँदै गर्दा
पख ननिदाउनू आमाहरू
फेरि अभिमन्यु जन्मेला
अबका बालकहरू रकेट, क्षेप्यास्त्र हुनुपर्छ
लेजर किरणबाट केही नहुने
ड्रोन हुनुपर्छ
जबसम्म मातृभूमि प्राप्त हुँदैन
यस्ता बालकहरू निरन्तर जन्मनु पर्छ
क्रान्ति जारी रहनु पर्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला