ललितालाई
कसैको सनकमा
सर्वश्वहरण गरेर
हुन सक्छ
ललितालाई
फोक्सो फुलेर
कुनै शासकले
बिर्ता दिएर
भोग चलन
गर्न दिएको

ललिताकी सन्तानलाई
गुमनाम, हत्या, विक्षिप्त पारी
देश निकाला गरियो

या फेरि ललिता
देशको स्थिति परिस्थितिदेखि
छाडा भएर
काशी बास

यी त हुन्
ललिताको बारे गरिएको
अनेक किंवदन्ती

ललितालाई
पटक पटक, बार बार
कित्ताकाट गर्नेहरू हो

ललिताको मृत्यु हुँदा
कुनै संघसंस्था
सहयोगी हात मनले
किनिदिएको कात्रोले
ललिताले श्रीकृष्णजीको
घाइते चोरी औंलामा
बाँधिदिएकी थिई

अब तिमीहरूको
अपराध गन्ती
गर्दै गर
१०१ भए पछि . . .