
१
तिम्रा अधरमा सधैं मुस्कान देख्न चाहन्छु
सिर्जनामा सुन्दर केशराशी जेल्न चाहन्छु
जिन्दगीका उकाली ओरालीमा धैर्य भएर
समस्याका हावापानी सहजै छेक्न चाहन्छु।
२
बर्खामा फालेको ठुटो हिउँदमा काम लाग्छ
कष्टमा नआतिनेको भविष्यमा घाम लाग्छ
जीवन यात्रामा उकाली ओराली हुन्छ पक्का
धैर्य संयमताले अवश्य सुखको लाम लाग्छ।
३
पिताजी पैसा कमाउन समुद्रपारि लाग्छ्न्
छोराछोरी अन्न फलाउन खेतबारी लाग्छ्न्
आमाको काम नानीको रेखदेख शिक्षादीक्षा
अब देश बचाउन परदेशी सबै वारि लाग्छ्न्
४
खाली समय उपयोग गरौं कसरी
दिएनौ नवीन सिर्जना पढौं कसरी
शंका मान्यौ बहाना बनायौ धेरै चोटी
हाँस्दै स्वादिलो चोट दियौ सहौं कसरी?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
