
कविता बारीका कान्ला – कान्लामा फुलेछ
सयपत्री भएर, मखमली भएर
यतातिर हातका उठेका ठेउलाहरूमा
उठान हुन्छ कविता हरेक हिउँदो
कविता सुस्केरा सुनिन्छ
पसिनामा पनि गनाउँछ
बारीका कान्ला भत्काई देऊ
कविता यद्यपि फुल्छ भीरतिर
इलामे भएर
हिउँदोमा काटेका चियाका बुट्टाहरू
के भा’को
इन्कार गरेछ हातका उठेका ठेउलाहरूका कविता
लाखेस् !
बर्खामा… दुई पात कविता
एक सुइरो कविता
सुस्केरालाई हल्लाहरूले
पसिनालाई वर्षाहरूले
क्यामोफ्लज गरिदिएछ
पर्खेस् ! हल्लाहरू वर्षाहरू
म पसिनामा रगतको रङ भर्छु
अनि सुस्केरामा सङ्गीत ।
सोनादा, दार्जीलिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
