राम्रो सोच्दैमा के नै खोसिने हो
मिठो बोल्दैमा के नै लुटिने हो
नुनिलो पानी अर्काको मिसाएर
भात मिठो बनाउँछौ कसरी ?
विष बिरुवा पल्हाएछ मनमा
फल प्रेमको पाउँछौं कसरी ?

प्रसन्नता अन्तरमनको
भनेको एक आँचुली
पानी त हो
मुर्कामुर्कीमै हल्लिएर
पानी जोगाउँछौं कसरी ?
बालापन हरायो ब्रो
जाँदैछ यौवन पनि
अझै बुझिएन गीत जीवनको ?
सकिन लाग्दा यात्रा यो जुनीको
गीत बिदाइको गुनगुनाउँछौं कसरी ?