
यो दूरको बस्तीमा
विद्यालय आइपुगेन
शिक्षाको दियो जलेन
चेतनाको ढोका खुलेन
सडक खनिएको छैन
मोटर गुडेको छैन
नुन पुगेको छैन
आइपुगेको छैन स्वास्थचाैकी
बाँडफाँड भएन औषधि उपचार
दिइएन कन्डम र प्याड
महोदय!
केही नआइपुगेको यो दूरको बस्तीमा
छाउपडी प्रथा चाहिँ कसरी आइपुग्यो ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
