वर्षौंअघि उनका बा बिते
त्यसको केही पछि आमा बितिन्
एउटा भाको छोरो
पोहोर परदेश लाग्यो
टीकाअघिको मध्य रात
हिउँदमा बसाइँ हिँडेका
दाजुलाई फोन गरेर
उनले एकै सासमा भने‑
“दाजु, अब म टीका लाउन कहाँ जानु ?
कसलाई टीका लाइदिनु ?
रातको सन्नाटामा मौनता थपियो
फोन अघि काटिएछ
एक्लो पहाड्मा एक्लो भाइ
भिड सहरमा एक्लो दाइ
त्यो साल त्यसरी नै दशैं सकियो ।