तिमी गीत
तिमी संगीत
तिमी हौ मेरो मनको मित

तिमी सुर
तिमी ताल
तिमी हौ मेरो लागि तराई, पहाड, हिमाल

तिमी रंग
तिमी होली
तिमी हौ मेरो दिवालीको रंगोली

तिमी धर्म
तिमी इमान
तिमी हौ मेरो गीता, बाइबल, कुरान

तिमी हावा
तिमी बतास
तिमी हौ मैले लिने हरेक स्वास

तिमी जून
तिमी तारा
तिमी हौ मेरो लागि आकाशगंगा सारा

तिमी समुद्रको लहर
तिमी सपनाको शहर
तिमी हौ मेरो सम्पूर्ण रहर

तिमी उदाएको घाम
तिमी मैले पाएको इनाम
तिमी नै हौ मेरो जिन्दगी तमाम ।

धनुषा, नेपाल