साम्राज्यवादी मानसपटलबाट
उत्पादित ब्याक्टेरियाहरू
नबिथोलिएको किञ्चित
आत्मविश्वासी चिन्तन बोकेर
असमानताको घनघोर जङ्गल
फैलाइरहेछन्
असल स्वतन्त्रता
साम्यवादी विचार
नहुर्किकन सोभियत ढल्न पुगेछ
तर पनि नआत्ती
म प्रफुल्लित छु
लैस र सुसज्जित छु
अब एउटा
ग्यारेजमा थन्किएको
थोत्रे जिपले
विश्व हाँक्न सक्दैन
किनकि त्यसका पेचहरू नाकाम छन्
गोलघरभित्र कैद बनाउने
कैदखाना मालिकहरूले
विश्वलाई स्वतन्त्रता दिन सक्दैनन्
बरु बन्दी बनाएर
आफ्नो स्वार्थमा संसार बेच्न चाहन्छन्
तिनलाई नाफा कमाउन किमार्थ झुक्नु छैन
बदनाम हुनबाट बच्नु छैन
छ त छोटो अवधिको मोटो फाइदामा रम्नु देखिन्छ
हो यसरी शासन बिग्रिरहेछ
फटाफट बिक्रीमा राखिरहेछन्
तिनै बिग्रिएको नीति सम्राज्यवादी एजेण्डा
यस्ता खराब विचारबाट
हुनुहोस् सावधान
अनि त क पनि बेच्नु पर्दैन
ज्ञ पनि रोज्नु छैन
ती दलाल पिपासु बन्न चुनिन
हामी हाम्रो लक्ष्यप्रति वफादार भएर
साम्राज्यवादको सिङ गोडा भाँचेर
आ‑आफ्नै स्वाधीन समानताको
समाज उन्मुख उभिरहनु छ
किनकि साम्यवाद
एउटै मात्र गन्तव्य हो
समाजवादको खुड्किला महान् भर्याङ
जबकि समानता त्यहाँ भन्दा अलग भएर
कदाचित खुसी हुन सक्दैन
हो त्यो उमङ्गका निम्ति एकपटक बाँचेर हेर
आफूलाई र हेर्न लायक बन ।
सोनाम सज्जन किराँती



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 









