उहिले आउँथ्यो
हजुरबा, हजुरआमा
बा आमा हुनुहुन्थ्यो र दशैँ आउँथ्यो
लाहुरेसँग टिनका बाकसमा
जागिरेसँग झोलाहरूमा
र
छाउँथ्यो रौनक गाउँ गाउँमा
आउँथ्यो
जबसम्म बचेराहरू थिए गुँडमा
र
रमाउँथे आँगनमा
अचेल आउँदैन
अहँ, आउँदैन दशैँ
हल्ला मात्रै आउँछ
■



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ कार्तिक २०८२, शुक्रबार 










