मधेशले
आकासलाई भन्छ
‘जाऽ पानी बरसाबऽ लेल कहीं दहक पहाड़ भाइकेँ’

आकासले बादल पठाउँछ
बादल खुसी खुसी
पहाडको आलिंगनमा
टकराउँदै समाहित हुन्छ
पानीको थोपा बनी
मधेशको धरतीलाई चुम्छ
‘बेलैमा अन्न भित्र्याई दिनु है मधेश भाइ’
पानीले बोकी ल्याएको
पहाडको यो सन्देश सुनेर
मधेश मुसुक्क हाँस्छ र
अन्न फलाएर
पहाड भित्र्याउँछ
मधेश बाँच्छ अन्न बेचेर
पहाड बाँच्छ अन्न किनेर

युगौँयुगदेखि
सूर्य, आकास
पहाड र मधेश
धरतीमा मिलेर बसेकै छन्
हामी मात्रै मिल्न सकेका छैनौँ।

जब
सूर्य, आकास
पहाड र मधेश
भौगोलिक रुपमा
एक हुन सक्छन्
हामी त्यही धरतीका छोराहरू
आत्मिक रुपमा
किन एक हुन सक्दैनौँ ?
एकअर्काको अन्तर्मन
किन छुन सक्दैनौँ ?
सँगै हाँस्न सक्छौँ
सँगै रुन सक्दैनौँ ?

अग्निशाइर कृष्णसवरण ४, सप्तरी