मलाई
गाँस दियो
बास दियो
जीवन जिउने
आश दियो
शिक्षा दियो
रोजगारी दियो
संसारलाई चियाउने
अवसर दियो
सुख सयलको आधार दियो
अत्यन्तै ऋणी छु यो देशप्रति

भन त म कसरी सकुँला
यो कर्मभूमि माथि हतियार उठाउन

मलाई
जीवन दियो
पानी दियो
मेरा ओठहरूलाई शब्द दियो
अन्न दियो
फूल दियो
माटोको सुगन्ध दियो
संस्कार दियो
नेपाली भन्ने पहिचान दियो

भन त कसरी सक्छु म
उस्कै छातीमा छुरा धस्न

लागि पर्नेछु
रोक्न शस्त्र होड्बाजीको
वार्ता गर्ने छु शिखरमा
युद्ध रोक्न
भएछ यदि युद्ध भने
मेरो जन्मभूमि र कर्मभूमिबीच
म शान्तिका एक हुल परेवा उडाउनेछु
म युद्धमा युद्धविराम लगाउने छु !

 

नेदरल्यान्ड्स्