नखेलुँ न भैगो
यो अनन्त नटुंगिने खेल
तिमी मलाई
फेर्न खोज्ने
म तिमीलाई
फेर्न खोज्ने
तिमी मलाई
जगाउने खोज्ने
म तिमीलाई
जगाउन खोज्ने
तिमी मलाई
मूर्ख देख्ने
म तिमीलाई
पटमुर्ख देख्ने
तिमी मलाई
जड ठान्ने
म तिमीलाई
पुरातन ठान्ने
तिमी मलाई
संकुचित मान्ने
म तिमीलाई
हठधर्मी मान्ने
म तिम्रो पश्चगामी
तिमी मेरो उग्रवादी
म क्रान्तिकारी
तिमी प्रतिगामी
न मैले जित्ने
न तिमीले हार्ने
न तिमीले जित्ने
न मैले हार्ने
नखेलुँ न भैगो
यो अनन्त नटुंगिने खेल
तिमी तिमीलाई नै बदल
म मलाई नै बदल्छु
बरु यो खेल पो
हामी दुवै जितिन्छ कि !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला