अरु भन्छन् तिमी माथि माथि आकाशमा छौ

तर म भन्छु तिमी सधैं मेरो आभासमा छौ

 

बाबा वर्षौं भइसक्यो तिमीले छोडेर गएको पनि

मलाई अझै लाग्छ तिमी त्यही बन्द निवासमा छौ

 

मलाई थाहा छैन केही पनि तिम्रो बारेमा अहिले

परलोकमा तिमी खुसीमा छौ या ठुलो सकसमा छौ

 

म चाहन्थेँ सधैँ तिम्रो काखमा बसिरहूँ खेलिरहूँ

तर छिट्टै तिमी आफ्नो जिन्दगीको अवकाशमा छौ ।

 

 

गुल्मी, हालः बुटवल