
पोहोर जस्तै
यो दशैंमा पनि गाँउ फर्कनेको लर्को
ऋणको बर्को ओढेर विमानस्थलमा जहाज कुर्दै थियो
पिङको लठारो बाट्ने लाठेहरू
लिङ्गो गाड्न सबेरै बाँस काटनेहरू
आज विदेशमा बेल्चा हान्दै होलान्
मासुभात र दहीचिउरामा रमाउनेहरू
‘खबुस’ र बेस्वाद खानामा बानी पर्दै होलान्
पोहोर जस्तै
यसपालि पनि बैंकहरूले नयाँ नोट साटेको खबर आयो
खुद्रा नोट साट्न, नयाँ नोट साट्न
ठूलो अनि पुरानो नोट कतै बाँडेको सुनिएन
सिंहदरबार र बालुवाटारले बाँड्ने
दशैंखर्चको हिसाब आउनै बाँकी छ
पोहोर जस्तै
यसपालि नि दशैंमा दशैं मान्न नसक्नेहरू
अनि वर्षैभरि साँझबिहान दशैं मनाउनेहरू
एकै ठाँउमा बसेर, सँगसँगै नाचेर
दशैं मनाउने गरी दशैं आएन ।
गौरादह, झापा
हालः कतार



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
