
दौडिरहेको हावालाई (🍃) पनि
बालुवाको पिँजडा (🏜️) पारेर ।१।
नीलकण्ठको पहिचान गर्न
टाइटानिक जहाज रिजर्व गर्दै ।२।
छुन मुन, छुन मुन गर्दै, लुकामारी खेलिरहेको कुहिरोलाई ( ☁️ 🌁), झ्याप्प अँगालो (😘 ) मारेर ।३।
सुन्दर धर्तीलाई चुम्न आएका असिनालाई (🌨️ ❄️ ) पनि,
आफ्नै थाल कचौरामा ( 🥣) थापेर।४।
विश्वामित्रको जस्तै युगौंदेखि तपस्या गरिरहेको, हिमालको हिउँलाई (❄️) पनि,
मेनका उर्वशीहरू नचाएर ( 🩰 ) ।५।
मानव जातिलाई हरक्षण नयाँ जीवन दिने,
त्यो घना जंगल (🌴🌺) भित्रको हावालाई फकाएर ( 🌹🙏) ।६।
जंगलभित्र इन्द्रेणी (🌈) परेको,
बारह मासे माटोलाई ( ⌛ ) कुटोले मुसारेर (🔈🍦) ।७।
लुकी छिपी, लुकी छिपी गर्ने परिवर्तित रसायनहरुको चर्तिकला खोज्दै,
वातावरण परिवर्तनको कोलाहललाई,
के हामीले परख गर्न सकौँला ? ।८।
(छानिएका संकेतहरू: १. मरुभूमिको बालुवाको अनुसन्धान गर्ने तरिका, २. महासागर, ५. सयौँ मिटर गहिरो हिउँ काट्ने विशेष बर्मा)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

