
तिमी मेरोलागि त्यस्तै भयौ
मृगलाई जस्तो कस्तूरी
सुवास सधैँ दिई नै रह्यौ
तर देखा नपर्ने भयौ
यहीँ छौ, कहीँ आसपास छौ
तर पकडमा आउँदैनौ
मेरोलागि तिमी त्यस्तै भयौ
जस्तो मेरै छायाँ
सधैँ अगाडि-पछाडि,
सधैँ सँगै, तर स्पर्शातीत
साथै छौ, तर अलग्गै छौ
जलमा कमल झैँ
तिमी मुटुको आभास
मेरो स्वास-प्रस्वास
जीवनको आकाशलाई
उज्यालो पार्ने प्रकाश
छौ रोमरोममा, तर स्वतन्त्र
को हौ तिमी, प्रिय ? भनन ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
