कानुनी शासनको
तार चट्टै चुँडिई सक्यो
मरेर न्याय
खरानी भई उडिसक्यो

न्याय निसाप नकिनी
पक्कै नपाउने भई गयो
राज्य, सत्ता र शक्ति
परदेशी कन गई गयो

गोर्खाली शान मान
चपरीझैँ उल्टी सक्यो
शासकको रथ
तलतलै गुल्टी सक्यो

कानुनी शासनको
तार चट्टै चुँडिई सक्यो
मरेर न्याय
खरानी भई उडिसक्यो ।