प्रिय पियार
दुई पथ
घुम्दै फिर्दै आउँछन् तिमीमा
र नव यात्रा थाल्दछन्
अहो !
यो यात्रा
कति रहस्यमई
कति जादुमई
अहो !
यो यात्राको गन्तव्य
कहाँ राजमार्ग हुनु
यो महायात्राको हिँडाइ त
गोरेटोमा हो, डोरेटोमा हो
र…आखिरी
बेपथ हुनु हो
अगन्तव्य हुनु हो
शून्य हुनु हो
प्रिय पियार
यसरी सम्मिलिन्छ र साँघुरिन्छ जिन्दगी तिमीमा, यस्तो फैलावट अरु छैन
यसरी बेपथ हिँडिन्छ तिमीमा, त्यस्तो महापथ अरु छैन
अहो पियार !
यस्तो अगन्तव्य छ तिमीमा, जुन नै महागन्तव्य हो
पियार
यस्तो शून्यता छ तिमीमा, जनमै सारा जगत्व छ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला