प्रिय च्छोरोल्पा तिम्रो आँगनीमा
छमछमी नाचिरहन पाऊँ
जन्मौँजन्म तिम्रो किनाराको आँचलभित्र
एउटा कुनामा जन्म लिन पाऊँ

नगर है मलाई बिर्सने कोसिस तिमीले
नसोच है यो चेलीलाई पराइ तिमीले
कष्टहरूलाई पिलाऊ बरु
तर नबनाऊ पराइको तलाउ सिंगार्ने पखेरु

तिम्रो तालको सुसेलीले त मेरो सास
थामिएको छ
तिम्रो स्वच्छ तरंगले त मेरो जीवन
रंगिएको छ
सृष्टिको अनमोल सृजना नगरी
दोलखा र नेपालकै गौरवको पगरी

गौरीशंकरको ताज पहिरिएर
बनेकी छौ विशाल सौन्दर्य नगरी
भीमेश्वर अनि कालिन्चोकी माताको
रहेकी छौ निकटतम सखी बनी

सूर्योदयको पहिलो किरण पर्दा
टल्किन्छन् मोति दाना तिम्रो चेहरामा
सूर्यास्तको अवसरमा
प्रिय हिमनदी तिमी बन्छेऊ चाँदीको मुहान

ब्रह्माण्डकी सुन्दर नगरी तिमी
बाँची राख जन्मौँजन्म
मलाई पनि देऊ है आशीष
लिन पाऊँ तिम्रो पाउमा पुन: जन्म

जुनेली रातमा तिम्रो मुहारमा
चहकिन्छन् मोति लहर
सुन चाँदी हिरा मोती भन्दा पनि अमूल्य छन्
तिम्रा श्यामश्वेत जलका बहार

विशाल हृदयले भरिएकी जल वाटिका
तिम्रो नामको कल्पनाले मात्र पनि
तरंगित हुन्छन् यो मानव मस्तिष्क
र पैदा हुन्छ देशभक्तिका ज्वारभाटा

हीमनदिको रुपमा रहेर
फैलिरहोस् तिम्रो ममता र स्नेह
बुद्धभूमिबाट चम्किरहोस्
विश्वभरि शान्ति र दिव्यताको लहर।

दोलखा
हाल: भक्तपुर