
आज सुनिरहेछु आमाको करूण चित्कार –
“सन्तान नै नालायक भएपछि मेरो के लाग्छ
सन्तान जन्माउँदा फुलेको छाति आज मुर्झाएको छ”
सुनेर आमाका कुरा मन भत्कानिन्छ मेरो
पराइले आमाको अस्मितामा दाग लाउन खोज्दैछ
मेरै दाइ-दिदी भन्छन् – “तेसैमा हाम्रो समृद्धि छ”
ठूला भुँडी गरेका मेरा दाजु-दिदीहरू
जति नै खाए पनि अघाउँदैनन्, अरु खान रुचाउँछन् बरु
थाहै नदिई आमाका गर-गहनाहरू बेचेर खाइसकेछन्
छिमेकीले दिएको सहयोग पनि पचाई सकेछन्
केबल हात थाप्न जान्दछन्, समृद्धिको योजनामा शून्य छन्
हामी कसैको सुझाव सुन्दैनन्, हामीलाई भेडासरह ठान्दछन्
खानमा बानी परेका मेरा दाजु-दिदीहरू
हुँदाहुँदै अब त आमाको अस्मितालाई डलरमा बेच्दैछन्
सायद हिजोसम्म त हामी पनि सुतेका रहेछौं
या त ठूलाबडालाई मान्ने संस्कारबाट बाँधिएका रहेछौं
या त स्वार्थवशमा परेर मौन व्रतमा बसेका रहेछौं
जे जे गर भन्थे त्यही त्यही गर्थ्यौं
जता कुद भन्थेँ त्यतै कुद्थिउँ
तर आज हामी बिउँझेका छौं, दाजु-दिदीलाई चिनेका छौँ
आमाको अस्मितामा दाग लाउने दाजु-दिदीलाई
अब हामी घरका सदस्यले चुनौती दिनै पर्छ
आमाको अस्मितामालाई हामीले बचाउनै पर्छ
नत्र हामी सबैमा आमाको श्राप लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

