टिस्टा
तिम्रै छेउमा बसेर
तिमी बगेको
बगिरहेको….देख्न पाइरहुँ
तर तिमीबाट कतै बग्न नपरोस्
यहीँ माटोमा बसेर तिमीलाई हेरिरहने मन छ
यहाँबाट आफूलाई टाढा लग्ननपरोस्
शिरले धानेको
पुर्खाले मानेको
यो हरियो वनपाखा होस्
माया गर्ने हरेकमा कोमल हृदयको
सुन्दर आँखा होस्
देवी देउराली दोभान भाकेर
साक्षी फूल र पाती होस्
हिमाल सधैँ सधैँ माथि होस् ।
दार्जिलिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
अजित विश्व ‘वियोगी’
श्रावण ७, आईतवार १६:००