दुई चार जना भेला हुन्छौ
चोकको अँध्यारो पसलमा छिर्छौ
दई चार कप चिया अर्डर गर्छौ
एउटा चुरोट सल्काउँछौ
देश नेताले बिगारे भन्छौ
कसैको सवारी आएको थाहा पाउँछौ
को आएछ भनेर चर्चा गर्छौ
आफ्नै नेता आको ठहर्याउँछौ
फूल खाँदा किन्छौ
नेताजीलाई भिराउँछौ
नतमस्तक भएर हात जोड्छौ
तिम्रा भगवान्सँग सेल्फी लिन्छौ
फेरि अलिक दिनमा
अर्को सवारी हुन्छ
तिम्रो ऐजन-ऐजन धर्म
तिमी केही गरे पनि भुल्दैनौ ।