सरकार उद्योगी सँग पैँचो माग्दै छ
जहाँ लाज घिन सरम सबै भाग्दै छ
याचना त्यो डाँडाको घाम जूनको
बेवास्ता गर्दै नरसंहार युद्ध जाग्दै छ
मौन मनसुन चिसो हिमाल सामीप्यमा
मृत्युका खबर दिन यमराज डाक्दै छ
देखासिकी गरेर आयातीत संस्कृति
बेढंगले हरेकका चुल्होमा पाक्दै छ
आठनाको कारोबार खानपिन रुपैयाँको
खेतीयोग्य भूमिमा तस्करीले ढाक्दै छ
हुनेलाई बाहेक नहुनेलाई चाडपर्वहरू
गिजल्दै पीडा सँग शुभकामना साट्दै छ
~~~~~~
गजुरी, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला