
बगर होस् वा पहाड
मौन बसेको ढुङ्गा
घरभित्र पनि काम आउने
घरबाहिर पनि काम आउने
मलाई ढुङ्गा बन्ने मन छ
किनकि
ढुङ्गाहरू
खोलामा बग्दै बगरमा लछारिँदा पनि
मुस्कुराउँछन्
कालिगढले छिनोले काट्दै
हतौडाले हिर्काउँदा पनि मुस्कुराउँछन्
भगवान् बनाई मन्दिरमा सजाउँदा पनि
मुस्कुराउँछन्
काटदै, टुटाउँदै, फुटाउँदै, गारो जोडेर
सुन्दर घरसँग पनि मुस्कुराउँछन्
कठोर छ र मेरो रोजाईमा पर्यो
दील टुटै पत्थर फुटै भन्छन्
स्थिर छ र मेरो रोजाइमा पर्यो
ईंटको जवाफ दिन पनि
ईंटका जवाफ पत्थर से
मेरो रोजाइमा पर्यो
ढुङ्गहरू
कहिल्यै आफैँ एक आपसमा भिड्दैनन्
कहिल्यै रिसाउँदैनन्
कहिल्यै गुनासो गर्दैनन्
कहिल्यै अभिमान गर्दैनन्
कहिल्यै अर्काको चुक्ली लगाउँदैनन्
सधैं एकनास खुसी रहन्छन्
त्यसैले
मलाई ढुङ्गा बन्ने मन छ ।
परशुराम १२, डडेल्धुरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
