भिडमा देखें त्यो
मेरो मनको हिरा
पाउनेछु त्यो
जब भरिनेछ थैला
असंख्यको चाहना
रहेछ त्यो मा
भएन मेसो ओहो
तिनताका म मा
त्यही थियो हिरा
मेरा अन्तर प्राण
थैला भर्ने ध्यान
रहेन यो ज्ञान
बिस्मात कठै
खोजी दिनु कतै
रहेन त्यो त्यहाँ
अब खोज्नु कहाँ !
क्षितिज भो पारि
अनेक काल खण्ड
अकस्मात ज्योति
सागरमा जसै मोती
दुई कडि, कवचमा
जडिए त्यो हिरा
कसिएर बेरिए
साथ लक्ष्मण रेखा !
आँसुले पखालें
मायाले अँगालें
अँगालोमा बाँधें
चुम्बन दिएँ
शक्ति अब क्षीण
पुरूषार्थ खेर
न लुट्न सोचें
न खोस्न सकें
अथाह पूर्ण माया
मुटु छिया छिया
आह ! यो छातीमा
नौलाख किल्ला
न भन्न सक्छु मेरो
न स्वीकार्य कसैको
रणभुल्ल म
पाउनु कसरी त्यो
त्यसकै मात्र चाह
मायाको थुप्रो
रित्तिनेछ शायद
साथ जब कात्रो ।