फेरि फेरि फर्किएर उकालो उड्दै गरेको
मसिनो धागोमा उनिएर आकासमा तैरिरहेको
यो प्रकाशको सहर आकास गंगा
यो मायाको संसार उडेको चंगा
जीवन हो कि भ्रमको जालो
कहिले उज्यालो त कहिले अन्धकारको पालो
आनन्द हो कि द्वन्द्वको पासो
कहिले रंगहरूको उज्यालो
कहिले घोर अन्धकार कालो
खियाउँदा खियाउँदै पनि डुबिरहेको
जिन्दगी दिएर भर्दा पनि रित्तो रहेको
कहिले उड्दछ मायाझैँ
कहिले उड्दछ प्रेम
आफ्नो बोटबाट आफ्नै कपास फुर्र उडेझैँ
कहिले झर्दछ राग
भित्ताबाट बगिरहेको पानी बगेझैँ
कहिले भाग्दछ ममता
कर्कलोको पातमा पानीको थोपा झरेझैँ
यो प्रकाशको सहर आकाशगंगा
यो मायाको संसार उडेको चंगा ।
धुलिखेल अस्पताल, काभ्रे
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला