यो भीडहरूको बस्तीमा म
आफैँलाई खोज्न लाग्दै छु
निलेका ती सम्पूर्ण दृश्यहरूमा
तिम्रो गन्ध पनि पोखिएको कतै
उठाउँदै, त्यहीँ यात्रा गर्दै छु
थाक्दै थाकेन मेरो जिन्दगी…
वर्षा, घाम ठोकर उठ्दा पछारिँदा
दिन र रातको पिसाइमा पनि
रित्तिएर पनि विश्वास पलाएपछि
म जिउँदै भएको आभासलाई चाखेँ
मेरा पाइला–पाइलामा
तिमीले अञ्जुली थापेपछि
तगारो नाग्न नसकी
पसारिएका समस्याहरू सबै
तङ्ग्रेर उठ्न सिकेँ
जिन्दगी पर्खाल होइन क्यार
विश्वासलाई फाँटमा पु-याउन पाए
तिमी र म नै
एउटा सिङ्गो जिन्दगी हौँ
तिमी र म नै
आमाका पटुकाका खाजा हौँ
यो मनको धराशयलाई टेवा दिन सके
जुनकीरीको उज्यालो चुहाउँदै
तिमीले डो-याएका पलहरूमा
कपासका गुच्छाहरू पनि मुस्कुराउन सिके
यहीँ सुगन्धलाई घोली
जीवनको मिठास पिएर
एउटा अन्तको सपना
मैले पनि चोर्न सिकेँ !
पाकिम, सिक्किम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला