उमङ्गका तरङ्गहरू सँगै मन
जब
बादल माथि माथि पुगेको बेला होस्होस्
वा
सप्तरंगी इन्द्रेणीको समीप
मनमा खुसीका छालहरू तरंगित भैरहेको बेला होस्
वा
कालो बादलले हृदयलाई ढाकेको होस्
अनि
नयनका डिलहरू हुँदै परेली रुझाउँदै
आँसुको बर्सात भैरहेको होस्
मलाई
तिम्रो नयनको याद आउँछ
तिम्रो सुमधुर आवाजको याद आउँछ
तिम्रो मिठो मुस्कानको याद आउँछ
तिम्रो कोमल स्पर्शको याद आउँछ
अनि
मलाई तिम्रो याद आउँछ!
र
सोच्छु मेरो खुसीमा एक उन्मुक्त हाँसो हाँस्न तिमी किन मेरो साथमा छैनौ?
अनि मेरो दुःखमा “म छु नि तिम्रो यात्रामा साथ दिन, तिमी अघि बढ्नु पर्छ” भन्न तिमी किन मेरो साथमा छैनौं?
मलाई सपना र विपनाको त्यो ट्रान्जिट पोइन्ट मन पर्दैन,
त्यै पोइन्टले त मलाई तिमीबाट टाढा लैजान्छ!
मोबाइलका भित्ता लेख्छु, “हेल्लो तिमी छ्यौ?”
प्रतिउत्तर केवल शून्यता बगी आउँछ
पीडाको भेल बोकी!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला