
किन किन तिमीलाई भेटूँ भेटूँ लाग्छ,
सपनीमा बिपनीमा बोलूँ बोलूँ लाग्छ ,
मनका सबै सुख दुःख कहूँ कहूँ लाग्छ,
दिलका सबै हाँसो आँसु पोखुँ पोखुँ लाग्छ,
किन किन तिमीलाई हेरुँ हेरुँ लाग्छ,
तारीफका शब्द मात्रै कोरुँ कोरुँ लाग्छ ,
तिमी सँगै प्रेम गीत गाउँ गाउँ लाग्छ,
हात समाई सँग-सँगै नाचुँ नाचुँ लाग्छ,
किन किन तिमीलाई सुनुँ सुनुँ लाग्छ,
मायाको त्यो सागरमा डुबुँ डुबुँ लाग्छ,
जीवनका सबै पल बाँडुं बाँडुं लाग्छ,
सातै जुनी तिमीसँगै रहुँ रहुँ लाग्छ,
किन किन तिमीलाई भेटूँ भेटूँ लाग्छ,
सपनीमा बिपनीमा बोलूँ बोलूँ लाग्छ ।
हरिवन, सर्लाही
हाल : ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
