आजकल नचिनेका अनुहार ह्रेर्न मन लाग्छ
किनकी उसबाट आशालागेको छ
चिनेकाले पटक पटक
डसे, निचोरे, चिथोरे।

अस्मिता लुटिएता पनि न्याए नपाएकि नारी झैं
निरीह भएर कति बसियो
अझै कति बस्नु पर्ने हो
चिनेकालाई बिश्वास गर्दा!

बस्त्र माथि धावा बोलियो- सह्यै,
शिरको टोपी फ्यालियो- सह्यौ,
चिनेकाले पटक पटक
दिल छेडे, आश्था तोडे
अब सहिन्न।

बास मागे दिईयो
गास मागे दिईयो
बेतनको हिस्सामागे दिईयो
अब खुशी माग्दैछन स्वस्तिकको
चिनेकाले पटक पटक
भुले गुन, बालीमा लगाए घुन!

उल्टो खेल खेले दिनेहरू सॅग
अब चिनेकाहरू सॅग सॅगत गरिन्न,
ऋणको थपभारी बोकिन्न,
अनि एक दिने पर्वमा रमाएर
बर्षौ सम्म पछुताउने कर्म गरिन्न।

थाहा छ,
तिमी फेरी दुई हात जोडी आउने छौ ॲागनमा
र फिॅजाउने छौ आश्वासनका पुलिन्दाहरू
तर
टुटेको विस्वास जोड्ने कुनै
यन्त्र छैन तिमीमा
मन्त्र छैन तिमीमा
तन्त्र छैन तिमीमा-
छ त केबल
घात
प्रतिघात
अविस्वास

झुट।

तिमी ब्यापारी भयौ-
पानि बेच्यौ,
सिद्दान्त बेच्यौ
हामीलाई पनि बेच्न लगायौ
मुटु माग्दैछौ
बेचेर नासो
डक्टर फॅास्टस बनिन्न।

त्यसैले अब नचिनेका अनुहार हेर्ने मन छ।