बालबालिकालाई शिक्षा दिने सबै गुरुहरूले,
पढाउन छोडी आन्दोलनको विगुल फुक्नाले ।
बालबालिकाले विद्यालयमा गइ पढ्न पाएनन्,
शिक्षकहरु पढाउन विद्यालयमा जाँदै गएनन् ।

लाखौँ बालबालिका विद्यालय जान नपाउँदा,
पढ्न पाउने मौलिक अधिकार कुण्ठीत हुँदा ।
मलाई अलि धेरै विसञ्चो महशुस भएको छ,
त्यसैले त मेरो मन, मुटु चसक्क दुखेको छ ।

दिने र लिने भन्दा पनि सबैको अधिकारप्रति,
सम व्यवहार नराख्दा भएको छ यस्तो दुर्गति ।
बालबालिकाले विद्यालय जान नै नपाएकोमा,
छटपटी र पीडाको ज्वारभाटा छ मेरो मनमा ।

सबै बालबालिकाले लेख्न पढ्न पाउनु परो है,
सरकार र शिक्षकले हठ छाडी कुरो थाल है ।
पक्ष र विपक्ष भन्दापनि सबैको जित हुनुपर्छ ।
हामी सबैले बालबालिकालाई खुशी पार्नुपर्छ ।