मेरो प्यारो सखा, भित्ताको फ्यानमा हेरेर
गरेको छ आफ्नो दैनिकी गुजारा अहिले
उसले यो संसारलाई नबुझ्न कोसिस गर्छ
उसलाई तँ यो भौतिक भोगले व्यस्त समाजले
न उसलाई बुझ्न नै कोसिस गर्दछन्
खर्चिएका हुन्छन् मानिसहरूले
आफ्नो विलाशमा पैसा प्रशस्तै
तर फुर्सद छैन जाली समाजलाई
गराउन भर्ना विदेशी दानमा
थापना भएका स्कुलमा उसलाई
उसको के गल्ती थियो र ?
जन्मनु अपाङ्गतामा
दिएका छन् सजाय समाजले
गरेर नजरबन्द घरमा

भएको भए विदेशमा कमसेकम
गर्न सक्थ्यो होला आफ्नो दैनिकी उसले
थिएन होला बस्नु पर्ने प्रत्येक दिन
हेरेर कोठाको बल्बलाई
थिएन होला बस्नुपर्ने
सिएर मुखलाई
धेरै छन् सहानुभूति दिलाउने उसलाई
तर उसलाई बोलीको मायाको भाषा
ग्रहण गर्न सक्दैन सांसारिक हिसाबकिताबले
तर त्यो हैन कि ऊ चेतनाविहीन छ
प्रकृतिले उसलाऐ ज्योति खोसे पनि
नियाल्न सक्छ तेस्रो आँखाले संसारलाई
उसको मनोहर मुहार हेर्दा
आक्रोशित हुन्छु ईश्वरसँग
किन निर्बल बनाएर
रचना गरेका थियौं यो घर्तीमा
छैन कुनै बास्ना लालच उसलाई
कुनै आग्रह गर्दैन उसले
न त कुनै अभिमान छ उसलाई
न त कुनै उत्तेजना नै
चाहन्छ रमाउन केवल प्रकृतिमाझ सदैव
यो जलनको नदीमा
पौडी खेल्न रमाउने समाजलाई
धेरै कम छन् मनुवाहरू
जमर्को गर्छन् बुझ्न उसको संसारलाई
ग्रहण गर्न चाहन्छ प्रकृतिको सुन्दरतालाई
आफ्नो पाँच कोशिकाले
भएर भमरा सरी
किनकि लालायित छन्
न्युरोनहरू उसको स्मृति पटलमा
कैद गर्न हरेक अनुभूतिलाई

खर्चिने गर्छन सबल सन्तानलाई
लाखौँ रुपैयाँ
तर छैन अबल सन्तानलाई
खर्चिन हजारौं रुपैयाँ
बुझ्दा रहेछन् तालिमप्राप्त विज्ञले
यिनीहरूको संकेतको वाणी
अधिकार छ यिनीहरूलाई
विशेष स्कुलमा दाखिला हुने
संविधानमा
जरुरी छ परिवर्तन हुन
समाजको आँखाको
दृष्टान्त आजै
हुन्छन् शिशु सबैको हृदयको ढुकढुकी
बालापनमा
तर यी निरीह सन्तान
सिंगो देश र समाजको हुन्
ढुकढुकी जीवनभरलाई
दाग बिनाको चन्द्र
अस्तित्व नभएजस्तै
रहेछन् यिनीहरू ईश्वरका
अनेकन् रूपजस्तै
भएका रहेछन् सृजना
चेतनाको भिन्न स्वरुपमा
कर्म चक्रको प्रारब्धमा
सक्ने छौँ हामी पनि
रचित हुन् कुनै स्वरुपमा
दोस्रो चोलामा ।

बर्तुङ्, पाल्पा (हालः युके)