अम्बरिश पोख्रेल

बाबुले देशलाई हिर्कायो
छोराले मलामी हिर्कायो !

बाबुले देखायो संसद्मा हर्कत
छोराले देखायो घाटमै बर्कत

बाबुले बेच्यो रैथाने धर्म संस्कृति
छोराले गर्यो बाबुकै बेइज्जती

कठै बरा,
धर्म छोड्यो, संस्कृति त्याग्यो
मलामीको भीड देख्दा, उन्मादी आयो

वाह !
मलामी कुट्ने इतिहास रच्यो !
गुमनाम नहुन बाल बाल बच्यो ?

उखानै छ,
जस्तो बाउ, उस्तै छोरो
रहेनछ धर्म, उस्तै कर्म !