यस्तै, हुन्छ भनेर भन्न सहजै सक्ने कहाँ को छ र?
आफ्नै मन, न त हो भनुँ पनि भने पर्नुछ उस्कै भर
कुन बेला? कसरी? कहाँ ? कति बजे? बदलन्छ भन्ने डर
जस्तो जे समय परिस्थिति परोस् सम्हाल्नु पर्ने कर
हर्षित छ यदि कोई दिन ,मन भने झल्कन्छ है रुपमा
वर्षा होस् न शरद, शिशिर सहितै त्यो ग्रीष्म को धुपमा
छैन दङ्ग मन, कुनै पल भने जे जे बनोस् भोजन
सुन्दर वस्त्र र धन् श्रृङ्गार नपुगि पर्ने खुशी खोजन
घटना हुन्छ एकै तर पनि फरक, मन् बन्न जाने किन?
हाँस्छन धेर, उसै बखत मरी मरी दोस्रो रुझेको दिन
एउटा मन खुश भै रमाइरहँदा , अर्को त खिन्नै हुनी
भड्किने, कुँडिने, झसङ्ग हुन गै बदलन्छ मौसम बनी
सुन् हो कि कुन को ? दबाई मनको इच्छा पुरा गर्दिने
होला त्यो समय, जडिबुटी बनी सम्पूर्ण मन् भर्दीने
पाइयो न छुन, धुन अनि हुन देख्नै कठिन के गरुँ ?
राख्छु आफू जतन गरेर र पनि दुःखाउने चाहिँ अरु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।