
प्रजातन्त्र
लोकतन्त्र
भन्दै गणतन्त्र
बिपी–पुष्प रैछन आखिर, जप्ने मात्र मन्त्र !
मार्क्सवाद
लेनिवाद
अनि माओवाद
सबैभन्दा ठूलो रैछ, आखिर खाओवाद !
वैकल्पिक शत्ति
निकाल्दै जुक्ति
आए कति–कति
योग्य जति पछि परे, डन ठहरिए जाती !
राणातन्त्र
राजतन्त्र
चल्छ अनेक षडयन्त्र
विकल्प छैन अब कुनै, सुशासन नै हो यन्त्र !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
